बोयर बाख्राका फाइदाहरू

बोयर बाख्राको तौल चाँडै बढ्छ।
प्रतिदिन १५० देखि २०० ग्रामसम्म यसको तौल बढ्ने क्षमता हुन्छ।
बोकाहरूको तौल १२० किलोसम्म पुग्‍न सक्छ।
बाख्राहरूको तौल ९० किलोसम्म पुग्‍न सक्छ।
यी बाख्राहरूलाई जुनसुकै घाँसहरू दिएपनि यिनीहरूले राम्ररी खान्छन्।
यी बाख्राहरूलाई अरू बाख्राहरूलाईझैं चाँडै रोग लाग्दैन।
यी बाख्राहरूको रोगसँग लड्ने क्षमता एकदमै राम्रो हुन्छ।
अरू खसीहरूको मासुमा हुने बोसोभन्दा यसमा कम बोसो हुन्छ।
मुटुका बिरामी र चिनीका बिरामीहरूले यसको मासु खाँदा स्वास्थमा केही असर गर्दैन।
१ वर्षको लोकल बाख्रा र १ वर्षको बोयर बाख्राबीच दाँज्नुभयो भने त्यहाँ आकाश-जमिनको फरक देखिन्छ।
यी बाख्राहरूले २ वर्षमा ६ वटा बच्‍चाहरू जन्माउन सक्छन्।
२ वर्षमा एउटा बाख्राबाट खर्च कटाएर ६ देखि १२ लाखसम्म आम्दानी हुन्छ।